
जापान । जापानको राजधानी टोकियोमा रहेको नेपाली राजदूताबास झन्डै एक सातासम्म बन्द रहने भएको छ । राजदूताबासका अधिकांश कर्मचारीहरुलाई कोरोना भाइरसको संक्रमण पूष्टि भएपछि डिसेम्बर ९ सम्म राजदूताबास बन्द राख्ने घोषणा गरिएको हो ।
टोकियो स्थित नेपाली राजदूताबासले सूचनै टाँसेर डिसेम्बर ५ देखि ९ सम्म बन्दको जानकारी गराएको हो । राहदानी तथा कन्सुलर सेवा उपलब्ध गराउने कर्मचारीमा कोभिडको पूष्टि भएपछि यो कदम चालिएको हो ।



राजदूताबासका अनुसार कूटनैतिक तथा राहदानी सम्बन्धी काम गर्ने कर्मचारीलाई कोभिड भएको छ । डिसेम्बर ३ र ४ मा शनिबार र आइतबार भएकोले सार्वजनिक बिदै छ । सोमबारदेखि शुक्रबारसम्म दूताबास बन्द हुनेछ । डिसेम्बर २ मा पनि अधिकांश सेवा बन्द छ ।
कर्मचारीहरुमा कोभिडको संक्रमण भएपछि दूताबासले शनिबारदेखि साइतामामा शुरु गर्ने भएको घुम्ति सेवा पनि स्थगित गरेको भन्दै सूचना सार्वजनिक गरेको थियो । सो सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित रहेको बताइएको छ । neparu news