४ असोज,

बाँके : कोहलपुरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको फोटोन ईभी हाइसमा गुड्दागुड्दै अचानक आगलागी भएको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका-७ स्थित रम्मापुर, ५ नम्बर चोक नजिक महेन्द्र राजमार्गमा आइतबार बिहान सु.प.प्र ०१-००२ ज ४३३ नम्बरको भाडाको फोटोन ईभी हाइसमा आगलागी लागेको हो ।

उक्त ईभी हाइसमा एक्कासी आगो सल्किएको थियो । घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरीका अनुसार, गाडीमा चालक र सहचालक मात्र रहेकाले कुनै मानवीय क्षति भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय