२ कात्तिक,
बाँके। बाँकेमा बोडी टिप्न गएकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ।

मृत्यु हुनेमा, बर्दिया घर भएकी ईन्द्रमाया देवी कवर हाल बैजनाथ गाउँपालिका वडा नं. ३ सुतैयाँमा छोरीको घरमा बस्दै आएकी थिइन्। उनलाई बारीमा बोडी टिप्ने क्रममा नजिकै रहेको बिजुलीको तारमा करेण्ट लागेर मृत्यु भएको आफन्तले बताएका छन्।

आफन्तका अनुसार, आइतबार देखि लगातार परेको पानीका कारण विद्युतका पोल ढल्नुका साथै करेन्ट प्रवाह भइरहेको र बिजुलीका तार भुईमा लर्तिएता पनि विद्युत प्राधिकरणले व्यवस्थापन नगरेकै कारण यो घटना भएको आफन्तले आरोप लगाएका छन्।

कोहलपुरस्थित विद्युत प्राधिकरणको लापरबाहीका कारण महिलाको ज्यान गएको भन्दै आफन्तले अहिले उक्त क्षेत्रमा सवारी चल्न दिएका छैनन् । कोहलपुर देखि करिव ४ किलोमिटर त्तरमा रहेको बानियभार, सुर्खेत रोडमा स्थानीय वासिन्दाले अहिले सडकमा चक्काजाम गरिरहेका छन् ।

विद्युत प्राधिकरणको लापरवाही गरी अटेरी गरेका कारण मानिसले ज्यान गुमाउनु गरेको मृतकका आफन्तले बताए । कोहलपुर क्षेत्रमा वर्षेनी करेन्ट लागेर मानिसहरुले ज्यान गुमाइरहेका छन् । यसमा विद्युत प्राधिकरणको ध्यानाकर्षण हुन एकदमै जरुरि देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय