६ कात्तिक,
तिमीले पोतेको पिढिँमा बसेर
म
तिमीलाई नै कुरीरहेछु आमा
तिमी कहिले आउँछ्यौ
तिमीसँगै गएका तिम्रा
सँगिहरु फर्किए
तिम्रै पछि लागेर
गएकि माली गाई फर्किई
खोरमा फर्किसके
काली बाख्रीको बगाल
आमा
म ढोकाको घरालो नलगाएर
आँगन तिरै हेरि तिमीलाई नै
पर्खिरहेछु
तिमी कहिले आउँछ्यौ
केशव निमेष
कोहलपुर
नोट : तपाईहरुसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई reshamgm112@gmail.com मा पठाउन सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौ ।