१७ जेठ,
डडेल्धुरा : डडेल्धुरामा सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।



प्रहरीका अनुसार, शुक्रबारदेखि सम्पर्कविहीन भएका दुवै जना मामाभान्जा नाता पर्ने बताइएको छ ।
महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंकासहित खोजी तिव्र सुरु गरिएको छ ।












