१८ पुष,

बाँके : कतारको विभिन्न जेलमा रहेका १३ जना नेपालीले आममाफी पाएका छन् । कतारले एक विज्ञप्ति जारी गर्दै आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको खुशीयालीको अवसरमा १३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको जनाएको हो ।

परराष्ट्र मन्त्रालय नेपालले आममाफी दिएको भन्दै कतार सरकारलाई धन्यवाद दिएको छ । यसले नेपाल र कतारबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिको रूपमा रहेको बताउँदै मानवीय आधारमा दिइएको दयालु क्षमादानको उच्च कदर गरिएको जनाएको छ ।

यसअघि नेपालले हालै २ वटा हात्ती उपहार दिएको थियो । कतारमा हाल करिब ५ लाख नेपाली कार्यरत छन् । गत वर्ष मात्रै १ लाख ४० हजार ७ सय ९२ जना नेपालीहरू वैदेशिक रोजगारीका कतार गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय