१४ भदौ,
बाँके। बाँकेको कोहलपुरस्थित भाईरल रोडमा जनता माथि प्रहरीले हस्तक्षेप गरेको छ।
बनकटवामा रहेको न्यु सिटी नामक भाईरल रोडमा आज १४ गते सोमबार श्रीकृष्ण जन्मास्टिकको दिन बाँकेका स्थानीय जनताहरु लगाएत सबैले रमाइलो गर्ने सार्वजनिक ठाउँमा धेरै भिडभाड भयो, लिमिटेड समय सम्म मात्रै रमाइलो गर्नुहोस् दिनभर फोटो खिच्न अनुमति छैन भनेर प्रहरीले सबैलाई त्यो ठाउँ खालि गरेर आ- आफ्नो घर जान आग्रह गरेको छ।
कोहलपुरमा रहेको भाईरल रोडको नाममा चिनिएको ठाउँ जहाँ दैनिक हजारौ मानिसहरुको भिडभाड भैइरहनछ, यस ठाउँमा कोहलपुर नगरपालिका, बाँके प्रहरी प्रसासन, स्थानीय नगरबासीहरु सबैको सहकार्यमा राम्रो बिकाश र सुधार गरेर सरकारलाई पेट भर्ने गरि राजश्व संकलन गरेर दिने ठाउँमा उल्टै प्रहरीले जनता माथि हस्तक्षेप गरेको छ।
प्रहरीले हस्तक्षेप गरिरहेको जानकारी पाउन साथ बागेश्वरी खबरका संचार कर्मी तेहा पुगेर समाचार संकलन गरिरहदा दुईजना प्रहरी पलसर बाईकमा आउछन र भन्छन, तपाईहरु सबैले छिटो यो ठाउँ खालि गर्नुहोस् र आ- आफ्नो घर जानुहोस् भनेर जहाँ बाट आएका थिय सोहि बाटोतर्फ लाग्दछन्। र प्रहरी पटक-पटक पुन आएर हस्तक्षेप गर्छ। तर भाईरल रोडमा घुम्न आएका जनताहरु बिहान देखि साझा सम्म नटेरीकन अटेर गरेर कसैले पनि भनेको नमाने पछि ति घुमुवा प्रहरी चुपचाप लागेर त्यहाँबाट निस्किएको बागेश्वरी खबरका संचार कर्मीले जानकारी दिएका छन् ।
प्रहरी प्रसासन माथि स्थानीय जनता र भाइरल रोडमा घुम्न आउनेहरुको गुणासो र प्रश्न : सार्वजनिक ठाउँमा जनताहरु घुमिरहेको छ, प्रहरीले भिडभाड भयो भनेर किना हस्तक्षेप गर्ने ? यसलाई व्यवस्थापन कसरि हुन्छ त्यो गर्नु प्रदैन ? भिडभाडलाई न्यूनीकरण गर्नु छ, भने बिकाश गर्नु पर्यो नि होइन र ? जनताहरु धेरै भयो, भिडभाड धेरै भएर झैझगडा हुन्छ भने सुरुक्षा दिनु पर्ने लगाएतका सम्पूर्ण गुनासो/प्रश्नहरु जनताबाट भैरहेको संचार कर्मीले बताए।