१३ साउन,
बाँके : बाँकेको बीओपी सुरक्षा गुल्म नरैनापुरमा कार्यरत एक सशस्त्र प्रहरीले आत्महत्या गरेका छन् ।
मृत्यु हुनेमा, कैलाली घर भएका सशस्त्र प्रहरी हवल्दार घनश्याम ढकाल रहेको बाँके प्रहरीले जनाएको छ। ढकालले विहान ९ बजे सबै जना सरसफाई गर्न बाहिर निस्केको बेलामा ब्यारेकभित्रै पंखामा झुण्डिएर आत्महत्या गरेका हुन् ।



प्रहरीका अनुसार, आत्महत्याको कारण बारे खुल्न सकेको छैन र घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ।












