३२ साउन,
सल्यान : जिल्ला सल्यान घुईयाबारिमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले C.U.G सिम उपलब्ध गर्ने भएको छ।
आज मिति २०७८/०४/३२ गते सोमवार एक सूचना जारि गर्दै जिल्ला सल्यानको बबईस्थित कालिमाटी गाउपालिका घुईयाबारिमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले C.U.G सिम वितरण गर्नको लागि सूचना प्रकाशित गरिएको मा.वि घुईयाबारिकी प्रधाना ध्यापक लक्ष्मी डाँगीले जानकारी दिएकी छन्।
प्र. लक्ष्मीका अनुसार, यस विध्यालयमा अध्यनरत कक्षा १ देखि १० सम्मका सम्पूर्ण विद्यार्थी भाईबहिनीहरु र अभिभाबकहरुलाई भाद्र ०७८/०५/०५ गते भित्र सबैले आ- आफ्नो आमा अथवा वुबाको नेपालि नागरिकताको फोटोकपि १ प्रति, पासवर्ड साईजको फोटो १ प्रति र मोबाइल नम्बरसहित विद्यालयमा उपलब्ध गरीदिनुहुन सबैमा अनुरोध गरिएको बताईन।
अन्य जानकारिको लागि यस सूचना विज्ञप्तीमा हेर्नुहोस्।