
२१ चैत,
काठमाडौं : भारतको उत्तर प्रदेश बरेलीमा एक युवकले विवाहको रात आफूलाई नछुन र आफूबाट टाढा रहन भन्दै श्रीमतीले धम्की दिएको प्रहरीलाई बताएका छन् ।
युवकले प्रहरीमा उजुरी दिदै भने, ” मैले परिवारको दबाबमा विवाह गरेकी हुँ, म अरु कसैलाई माया गर्छु” उनले थप भनिन्, ‘मलाई नछुनुहोस् र यो कुरा कसैलाई नभन्नु।’ त्यसपछि युवकले शारीरिक सम्बन्ध राख्ने चाहनामा असफल भए।



जब उनले यो कुरा श्रीमतीको परिवारलाई भने, उनीहरूले धम्की दिएको बताए । युवकको भनाइ अनुसार, परिवारका सदस्यहरूले उनलाई दुर्व्यवहार गरे, यौन दुर्व्यवहारको आरोप पनि लगाएका छन्। ती युवकले आफू र आफ्नो परिवार मानसिक रुपमा पीडित भएको आरोप समेत लगाए ।
श्रीमतीले आत्महत्या गर्ने धम्की दिएर केटाका आमा, बुबालाईसम्म बलात्कार जस्ता गम्भीर अपराधमा फसाउने धम्की पनि दिने गरेकी छिन्। केटाकी आमा मुटु रोगी हुन्। माइती पक्षका धेरैले केटालाई मार्ने धम्की दिने गरेका छन्। उनले सबैबाट खत्तरा भएको भन्दै सुरक्षा माग गरेका छन्। यो खबर UP18News मा रहेको छ ।