४ फागुन,
बाँके : बाँकेको राप्तिसोनारी गाउँपालिका १ स्थित कुसुम बैरियामा रहेको श्री कुसुमेश्वर माध्यमिक विध्यालय बन्दको दिनमा पनि संचालनमा आईरहेको छ।
आज फागुन ४ गते एमसिसीको बिरोधमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द गरेका छन ।
देशव्यापी बन्द हुदा पनि सहर एरियामा मात्रै प्रभाव हुने तर गाउँ घरमा तेस्तो विद्यालयमा कुनैपनि प्रभाव नपर्ने श्री कुसुमेश्वर माध्यमिक विध्यालयका प्रधानाध्यापक रुपेन्द्र बहादुर बस्नेतले बागेश्वोरी खबर मिडियालाई जानकारी दिएका छन्।
प्रधानाध्यापक बस्नेतका अनुसार, जनआन्दोलन, संकटकालमा हामीले विद्यालय संचालनमा ल्याएका थियौं भने, ‘यो बन्दले केहि असर नपर्ने भएकाले हामीले विद्यालय संचालनमा ल्याएको उनले बताए।’ बस्नेत भनछन्, “कोभिड १९ को कारण सरकारले विद्यालय बन्द गर्दा विद्यार्थीको पढाईमा ठुलो प्रभाव भएको र लामो समयपछी विद्यार्थीहरु विद्यालयमा पढ्न पाउँदा खुशी समेत भएको उनले बताए।”
बागेश्वोरी खबर मिडियाका संचारकर्मीले भने, ‘राप्तीसोनारी गाउँपालिका सम्पूर्ण प्रशासन बन्द छन् तर यो विद्यालय संचालनमा किन ? भनेर प्रश्न गर्दा प्रधानाध्यापक बस्नेत भनछन्, “यो सहर एरिया होइन, हामि गाउँमा छौं आपतकालिन अवस्था भए त्यस विषयमा अवस्था हेरेर केहि गर्न सकिने तर अनावश्यक बहाना गरी विद्यालय बन्द गरेर विद्यार्थीलाई पठनपाठनबाट बन्चित नगर्ने उनले बताएका छन्।”
बाँकेका सम्पूर्ण सामुदायिक विद्यालय देखि संस्थागत विद्यालयहरुले विद्यार्थीहरुको पठनपाठनमा पर्न गएको प्रभाव र सम्बन्धित ठाउँको अवस्था हेरेर विद्यालय संचालन गर्नु पर्ने जस्ता अतिआवश्यक कुराहरु उनले बताए। यद्यपी अनावश्यक प्रस्थितिलाई जोडेर विद्यार्थीको भविष्यमाथि खेलबाँड नगर्न समेत “उनले भने”
देशभरका विद्यालयमा यस्ता अनावश्यक विकृतिले गर्दा विद्यार्थीहरुको पठनपाठनमा ठुलो प्रभाव परेको हुनाले त्यस ठाउँमा सम्बन्धित निकायको ध्यानाआकर्षण हुन एकदमै जरुरि देखिएको छ।