१३ भदौ,

बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल दशबिगाह नजिकै आइतबार करिव दिउँसो १२ बजेतिर दुई समूहबीच खुकुरी हानाहान भएको त्यस ठाउँका स्थानीय जनताले जानकारी दिएका छन्।

स्थानीय जनताका अनुसार, खुकुरी प्रहार भएका युवा प्रदिप राना गम्भीर घाइते भएको जनाए ।

घाइते रानाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । त्यसैगरी खुकुरी प्रहारबाट अर्का एकजना समेत सामान्य घाइते भएको बताएका छन्।

कोहलपुर प्रहरी प्रशासन कम्जोर भएका कारण खुकुरी प्रहार गर्नेहरुको समूह फरार भइसकेको छ । प्रसासन कम्जोर हुदा कोहलपुरमा यस्ता घटनाहरु बढ्दो क्रममा देखिएका छ्न ।

डिएसपि रबिन्द्र खनालले ईलाका प्रहरी कार्यालय कोहलपुरको कमाण्ड सम्हाले पछि कोहलपुरको शान्ती सुरक्षा कमजोर रहेको पाइएको छ । चोरी ,बलात्कार,लुटपाट,लागुऔषध आदि जस्ता घटनाहरु ब्याप्त मात्रामा बढेर गएको स्थानीय बासिन्दाले गुणासो गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय