६ असार,

श्रीलंकाले अष्ट्रेलियालाई ६ विकेटले हराएको छ। अष्ट्रेलियाले दिएको २ सय ९२ रनको लक्ष्य श्रीलंकाले ४८ ओभर ३ बलमा ४ विकेट पूरा गरेको हो।

श्रीलंकाका लागि पाथुम निशन्काले १ सय ३७ रनको शतकीय इनिङ खेले। कुशल मेन्डिसले ८७ रनको अर्धशतकीय इनिङ खेल्दै रिटायर्ड हर्ट भए।अष्ट्रेलियाका जे रिचार्डसनले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ९१ रन बनाएको थियो। अष्ट्रेलियाका लागि टार्भिस हेडले अविजित ७० रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान आरोन फिन्चले ६२ रन बनाए। एलेक्स केरीले ४९ तथा ग्लेन म्याक्सवेलले ३३ रन बनाए। श्रीलंकाका जेफ्रीले ३ विकेट लिए।

जितसँगै श्रीलंकाले पाँच खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय