
ढुङ्गाको ढुकढुकी पत्ता लगाई छुन्छ शिक्षाले
पशु मान्छे कहाँ बन्थ्यो तथापि हुन्छ शिक्षाले ।
सयौँ राम्रा नराम्रा छन् यहाँ गर्ने कुराकानी
तिनीमध्ये सबै राम्रा ठमाई चुन्छ शिक्षाले ।



सबैले कानले सुन्छन् नसुन्ने सर्प मात्रै हो ।
बिना आवाजको वाणी अचम्मै ! सुन्छ शिक्षाले ।
बगेको गण्डकी रोक्ने बुता कस्को छ धर्तीमा ?
नदीको के कुरा गर्नु समुद्रै थुन्छ शिक्षाले !
खरानीले सफा गर्थिन् लुगा हाम्री हजुरआमा
सहारा यन्त्रको पाई जगत नै धुन्छ शिक्षाले !
तपाईंसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई reshamgm112@gmail.com मा पठाउन सक्नुहुनेछ । अथवा Resham G Magar मा Click गरेर सिधै फेसबुकमा पठाउनु होला। तपाईंका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।