१४ वैशाख,
काठमाडौं : महानायक राजेश हमाल आगामी जेठमा ६१ वर्ष टेक्दैछन् भने जेठमै उनले विवाह गरेको १० वर्ष पुग्दैछ । विवाहको एक दशक पुग्दा समेत हमाल दम्पतीमा बच्चाको सुरसार छैन । यतिबेला हमाललाई बच्चा कहिले पाउने भन्ने प्रश्नले पछ्याइरहेको छ ।


यस्तो लाग्छ, अभिनेता राजेश हमाललाई प्रश्नले पछ्याउन कहिल्यै छाड्ने छैन । विवाह नगर्दासम्म विवाहको प्रश्नले उनलाई लामै समय पछ्याएको थियो । अन्ततः हमालले लामो समयपछि प्रेमिका मधु भट्टराईसँग विवाह पनि गरे ।


हमालले बेला- बखतमा ठट्टा गर्दै अहिले नै बच्चा जन्माउन हतार नगर्ने बताउने गरेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा समेत उनले मधुसँगका रोमान्टिक फोटो पोस्ट गर्ने गरिरहेका छन् ।


उक्त तस्वीरहरुमा फ्यानले अब बडी शो होइन, बच्चा र भान्जा भान्जी दिनुपर्ने भन्दै कमेन्ट गरिरहेका छन् । दोस्रो राजेश हमाल कहिले जन्माउने राजेश दाइ भन्दै प्रशंसकले प्रश्न गरेका छन् । कतिपयले ६० वर्षको उमेरमा पनि राजेश हमालको फिटनेसको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय