१६ बैशाख,
बाँके : स्थानिय तहकोे निर्वाचन नजिकै आएसंगै नेकपा एमाले पार्टी कोहलपुर नगरपालिका वडा नं. १२ अध्यक्ष पदका उम्मेद्वार कमरेड टेक बहादुर शाही चुनावी प्रचारप्रसार तिव्र रुपमा लागि परेका छन ।

शाही वडाका सक्षम युवा नेता भएका कारण युवाहरुमा आफ्नो पहिचान त बनाएकै छन । संगसंगै उनले आफ्नो काम र व्यवहारले सम्पुर्ण वर्गका व्यक्तिहरुमा राम्रो छबि समेत बनाएका छन ।

वडा अध्यक्ष पदका बलियो उम्मेदवार र वडा बासीले चाए जस्तैको काम गर्न सक्ने अहिलेको युवा नेता शाही नै रहेको स्थानियहरु बताउँछन । शाहीको बारेमा स्थानिय बासीहरुमा राम्रो चर्चा भएसंगै जितको सम्भावना देखिएको बुझिन्छ ।

वडा अध्यक्ष पदका उम्मेदवार शाहीले भने ‘म हरेक दिन वडावासीसंगै हुन्छु र उनीहरुको आवश्यकता, समस्या सबै बुझेको छु ।’ यस्ता सम्पुर्ण समस्या अन्त्य गर्न र आवश्यकताहरु पुरा गर्न वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको शाहीले बताए ।

उनले भने मेरो जित भएसंगै ‘विकासको रुपमा वडा लाई देशकै नमुना वडा बनाउनुका साथै जनताको आवश्यकतालाई पहिलो प्रथामिकता दिनेछु ।’ यस्तै स्वास्थ्य, शिक्षा र सरसफाइ पहिलो प्रथामिकतामा हुनेछ ।

म सधै निस्वार्थ भवनाले जनताको सेवामा खटिनेछु । र मेरो स्वार्थ भनेकै जनताको उज्ज्वल भविष्य र जनताको आवश्यकता हो वडाध्यक्ष पदका उम्मेदवार शाहीले भने।

वडामा स्वास्थ्य, सरसफाइ, शिक्षा, खानेपानी, खेलकुद, विजुली बत्ति, मठमन्दिर पहिलो प्राथमिकता दिएर वडालाई बिकासमैत्री वडा बनाएर देखाउने उनले प्रतिबद्धता समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय