२४ साउन,
काठमाडौं : करिब १४ वर्षअघिको कुरा हो, पूर्वयुवराज्ञी हिमानी शाह दोलखाको नाम्दु पुगेकी थिइन्। खानेपानीका सामग्री वितरण गरेर अबरोध भएपछि स्थानीयले हिमानीका लागि बाटो खुलाइदिएका थिए । तर त्यसपछि जे भयो, त्यो ऐतिहासिक रह्यो।

हिमानी शाह मन्द मुस्कानमा धन्यवाद दिन गाडीबाट ओर्लिँदा फोटो पत्रकार राजेन्द्र मानन्धरको क्यामेराले हिमानीको तस्बिर कैद गर्यो। तस्बिरमा हिमानीले नाइटो छेडेको (पियर्सिङ) गरेको देखियो।

राष्ट्रिय मिडियामा नै उनको यो तस्बिरको चर्चा परिचर्चा भएपछि ससुरा तथा पूर्वराजा ज्ञानेन्द्र शाह रिसाएका थिए। त्यसपछि हिमानीले पियर्सिङ हटाइएको चर्चा पनि भयो। यस विषयमा उनले कुनै प्रतिक्रिया जनाइनन्।
१४ वर्षको यो अन्तरालमा उनको यस्ता तस्बिर कतै सार्वजनिक भएनन्। जबकी, सार्वजनिक कार्यक्रममा उनको सहभागीता झन् बाक्लियो। बरू समाज सेवामा उनको सक्रियताको चर्चा भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय