२ बैशाख,
बाँके : बाँकेको राप्तीसोनारी गाउँपालिका १ नं वडाबाट गत स्थानिय तहको निर्वाचनमा झिनो मत अन्तरले पराजित एमालेका प्रभावशाली नेता यम बहादुर खड्का अहिले जनताको घर र्दैलो अभियानलाई तिव्रता दिएका छन्। यद्यपि जनताको घरमा जाने दुःख सुखमा सहभागी हुने उनको सधैं जसो दैनिकी नै बनिसकेको छ ।

कुसुम ग्रामीण विद्युत प्राधिकरण अध्यक्ष हुदा खड्काले जनता माझ उल्लेखनिय सेवा गर्ने मौका पाएकोमा खुसी व्यक्त गरेका छन्। अध्यक्ष खड्काले रात दिन भोक प्यास नभनी आफू जनताको घरदैलोमा उज्यालो पार्न २४ सै घण्टा खटिएको स्थानीय बासिन्दाहरुले बताएका छन्।

स्थानीय बासिन्दाका अनुसार, खड्काको काम गर्ने शैली, दुःख सुखमा सात दिने बानी, व्यबहारको खुलेर प्रशंसा गरे। युवाहरु भन्छन्, “उनमा साहसिक ,मिलनसार, सहयोगी, उदारवादी व्यक्ति भएकोले एक पटक वडा अध्यक्षमा जिताउन अनुरोध गरेका छन्।”

वडा अध्यक्ष पदका उम्मेदवार खड्का भन्छन्, “मलाई एक पटक स्थानीय निर्वाचनमा बहुमुल्य मत दिएर जिताउन सहयोग गर्नुहोस्। त्यस पश्च्यात वडा बासीहरुलाई बिकाशको निरन्तरतामा जोड दिईने चुनौती समेत दिएका छन्।”

नेता खड्काले भने, गएको निर्वाचनमा १ नं वडामा नेपाली काँग्रेसले जितेर स्थानीयको भरपर्दो बिकाश नगरेको बताए, यद्यपी सबै काम सेवा, सुविधा आफ्नालाई मात्र दिएको गुनासो समेत गरेका छन्।

उनले कोभिड १९ को समयमा स्थानीय सरकारले जनतालाई विभेत गरेको आरोप लगाए, उनी आक्रोशित हुँदै भन्छन्, “त्यो बेला आफ्नालाई, मात्र ध्यान दियो वास्तविक गरीबलाई देखाउन लाई दिएको जस्तो गरियो । जनतालाई बिभेतपूर्ण ढंगले गरेका काम व्यवहार धेरै नै छन् तर आफू वडामा जितेर आइसके पश्चात सबैलाई एक रूप, समान दृष्टीकोणले हेर्दै बराबर व्याबार गरिने बताएका छन्।”

खड्काले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा १ नम्बर वडाका सम्पूर्ण बासिन्दाहरुलाई बहुमुल्य मत दिएर नेकपा एमालेलाई जिताउन अनुरोध समेत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय