
२५ चैत,
बाँके : उपकार लघुवित्तले आजदेखि सर्वसाधारणका लागि २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गर्ने छ। योमध्ये ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।



बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।