
काठमाडौं । सामाजिक संजाल मध्येको सबै भन्दा पुरानो एक फेसबुक हो । यहाँ पोस्ट गरिएका कुनै कुनै पुराना पोस्टहरूले गर्दा हामीलाई कहिलेकाहिं लज्जित हुनु परिरहेको हुन्छ ।
यस्तोमा तपाईंले आफ्नो फेसबुक अकाउन्ट डिलिट नगरिकनै आफ्ना सबै पुराना असान्दर्भिक लाग्ने किसिमका पोस्टहरू एकसाथ हटाउन सक्नु हुन्छ । यसो गर्दा तपाईंले आफ्नो पुरानै फेसबुक अकाउन्टलाई ताजा रूपमा प्रयोग गर्न सक्नु हुन्छ ।
यदि तपाईंलाई आफ्ना पुराना फेसबुक पोस्टहरु चाहिएमा डिलिट गर्नु अघि कुनै थर्डपार्टी एप प्रयोग गरी तिनलाई डाउनलोड गर्न सक्नु हुन्छ ।
कम्प्युटरबाट यसरी डिलिट गर्नुहोस् आफ्ना सबै फेसबुक पोस्ट
- यदि तपाईं डेस्कटप कम्प्युटर प्रयोग गरिरहनु भएको छ भने आफ्नो फेसबुकको प्रोफाइल पेज खोल्नुहोस् र मेनु अप्सन खोल्नका लागि दायाँतर्फ रहेको तीन थोप्ला रहेको बटनमा क्लिक गर्नुहोस् ।
- अब त्यहाँबाट एक्टिभिटी लगमा क्लिक गर्नुहोस् ।
- यति गरिसकेपछि अर्को पेजमा बायाँतर्फ रहेको मेनुबाट योर एक्टिभिट एक्रस फेसबुक>पोस्ट्स>योर पोस्ट्समा जानुहोस् ।
- यहाँ तपाईं आफूले हेर्न चाहेका पोस्टहरूका प्रकारलाई फोटो, भिडिओ अथवा अन्य एपबाट गरिएका पोस्टको रूपमा स्पष्ट पार्न पनि सक्नु हुन्छ ।
- अल छनौट गर्नुहोस् र त्यसपछि आफ्ना सबै पोस्ट डिलिट गर्न रिसाइकल बिनमा क्लिक गर्नुहोस् । तर यहाँनिर यदि तपाईंले फेसबुक प्रयोग गर्न थालेको लामो समय भइसकेको छ भने यहाँनिर तपाईंले पटक पटक आफ्ना सम्पूर्ण पोस्ट लोड गर्न तलतर्फ स्क्रोल गर्नुपर्ने हुन सक्छ ।
- यसको विकल्पमा तपाईंले योर एक्टिभिटी एक्रस फेसबुक भित्र रहेको एक्टिभिटी यू’आर लग्ड इन छानेपछि अलमा क्लिक गर्नुहोस् र त्यसपछि तपाईंका परिवार तथा साथीभाइले तपाईंको प्रोफाइलमा ट्याग गरेका लज्जाजनक पोस्टहरू हटाउन रिमुभ ट्याग्समा थिच्नुहोस् ।
मोबाइलबाट आफ्ना सबै फेसबुक पोस्ट कसरी डिलिट गर्ने ?
मोबाइल एप प्रयोग गर्दा अपनाउने तरिका पनि लगभग उस्तै छ ।
- यसका लागि सुरुमा आफ्नो प्रोफाइलमा जानुहोस् र बायाँतर्फ रहेको तीन थोप्लायुक्त आइकनमा थिच्नुहोस् ।
- त्यहाँ खुल्ने प्रोफाइल सेटिङ्सबाट एक्टिभिटी लग छान्नुहोस् ।
- अब आफूले गरेका पोस्ट हटाउन नयाँ खुल्ने अर्को पेजमा पुगेपछि योर एक्टिभिटी एक्रस फेसबुक>पोस्ट्स>म्यानेज पोस्ट्समा पुग्नुहोस् ।
- त्यहाँ रहेका पोस्टसँगैको तीन थोप्ला भएको बटन थिचेर डिलिट गर्नुहोस् ।