
कविता: गद्दारको डायरी
भन्नुस,
कुर्सीका खातिर म तपाईंलाई
कुन ठाउँको माटो दिउँ
सुस्ता,मानेभञ्ज्याङ या लिपुलेक



सत्ताको सुगन्धले रन्थनिएको म
गण्डकी
कोसी
र
महाकाली
बेच्नेहरुको लाईनमा बेलगाम उभिएको छु
भन्नुस यो नक्साबाट म तपाईंलाई
कुन श्वाभिमान दिउँ
क्रान्तिकारीताको झुटको पुलिन्दा
आमुल परिवर्तनको नौटँकि
यस्तै
उधारा सपनाहरुको
सिलसिला
यो देश
जहाँ
जवानहरुलाई परदेश पठाएर
वृद्धहरुको सपना किनिन्छन
गुडिया भन्दा सस्तोमा
बहिनी बेचिन्छन
भन्नुस
मेरो सिँहासनको खातिर
म सुदुरका युवा पठाउँ
या
सिन्धुका नारी
म
यो सत्ताको लागि
आमा बेच्न पनि तयार छु।
केशव निमेष
कोहलपुर, बाँके
तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई reshamgm112@gmail.com मा पठाउन सक्नुहुनेछ । अथवा Resham G Magar मा Click गरेर सिधै फेसबुकमा पठाउन होला। तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौ ।