
१३ चैत,
प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धन नगरी चुनाव जित्न गाह्रो रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा देउवाले नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै भनछन् “ओली कमजोर छ, भन्ने झुटा कुरा हुन्, एमाले र माओवादी फुटिहाले हामी जितिहाल्छौं भन्ने आश नगरे हुन्छ, ओलीजीको पार्टी अझै धेरै बलियो भएको छ।’ देउवाले भने, यद्यपी देउवाले माओवादी–एमाले फुटेकाले हामी जित्छौँ भन्ने सपना नदेख्न आग्रह समेत गरे।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले सत्तारुढ गठबन्धनलाई फाइदा पुग्ने खालका गतिविधि गरेको आरोप लगाएका छन्। ओलीले आईतबार बसेको पार्टी स्थायी कमिटी बैठकले सत्तारुढ दल विशेषलाई अनुकूल हुने गरी सो निर्णय गरेको निष्कर्ष निकाल्दै तत्काल सच्याउन निर्वाचन आयोगसँग माग गरेका छन्।



त्यसैगरी राष्ट्रिय प्रजातन्त्र (राप्रपा) पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन भनछन्, “शेर बहादुर देउवा, केपि शर्मा ओलि र प्रचण्डलाई अब कति वर्ष र कति कार्यकाल थपिदिए पछी यो देश बन्छ होला? उनको भनाईररहेको छ। यद्यपी अध्यक्ष लिङ्देनका अनुसार, देश बनाउन अबको सरकार राष्ट्रिय प्रजातन्त्र (राप्रपा) पार्टीको हुनु पर्ने जरुरि देखिएको बताए । देशले विकल्प खोजेको छ, त्यो विकल्प राप्रपा नै हो। ‘उनले भने’
त्यसैगरी काठमाण्डौंको स्वतन्त्र मेयर उम्मेदवारमा उठ्ने तयार गरिएका युवा नेता भनछन्, “देश बनाउन लाई सही चरित्र चाहिन्छ, चाहे त्यो युवा होस् अथवा वृद्ध । नेता असल नभए सम्म देश बन्दैन ।” उनको भनाई रहेको छ।