
१२ चैत,
बाँके : स्थानिय तहको निर्वाचन आगामी वैशाख ३० गते हुदैछ। सरकारले २०७४ सालमा पहिले चरणको स्थानिय निर्वाचन भएकै मितिमा नयाँ निर्वाचनको घोषणा गरेको छ।
५ वर्षअघि र अहिलेको राजनीतिक परिस्थितिमा बदलाव आईसकेको छ। यद्यपी त्यतिबेलाको मतपरिणाम र राजनीतिक दलहरुले आर्जन गरेको शक्तिका आधारमा आगामी अवस्थाको आँकलन गर्न सकिन्छ।



अघिल्लो स्थानिय निर्वाचनमा तिन चरणमा सम्पन्न भएको नेकपा एमाले सबैभन्दा ठुलो दल बनेको थियो। नेपाली काँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा थिए।



