
६ कात्तिक,
सल्यान। सल्यानको कालिमाटी गाउपालिका ७ घुईयाबारिमा नेकपा एमालेको प्रथम वडा अधिवेशन सम्मपन्न गरिएको छ।
६ गते शनिवार सल्यानको कालिमाटी गाउपालिका ७ घुईयाबारिमा नेकपा (एमाले) प्रथम वडा अधिवेशन हर्सोउल्लासका साथ् सम्मपन्न गरिएको छ। वडा कमिटि अध्यक्ष राम बहादुर बुढा (बादल) का अध्यक्षतामा बसेको प्रथम वडा अधिवशनमा नेकपा माओबादी (केन्द्र) छाडेर नेकपा एमाले प्रवेश गर्नेहरुको संख्या उल्लेखीय मात्रामा रहेको सल्यानका वडा कमिटि नेकपा एमालेका उपाध्यक्ष हिमाल पुनले जानकारी दिएका छन्।



उपाध्यक्ष हिमाल पुनका अनुसार, नेकपा माओबादी (केन्द्र) बाट स्थानीय चुनावमा वडा अध्यक्षका प्रतिस्पर्धी मित्रलाल सुनार र वडा सदस्यका प्रतिस्पर्धीहरु नेकपा एमालेमै फर्किएर जिम्मवारी बहन गरेको समेत बताए। यद्यपी वडा कमिटीमा सम्पूर्ण समुह सशक्त जुझारु र क्रियाशील युवा समुह रहेको र अबका दिनमा पार्टी र स्थानीयस्थरलाई थप विकास र उर्जाशिल, सशक्त बनाएर अगाडी लैजान सहयोग गर्ने समेत बताएका छन्।
नेकपा (एमाले) वडा कमिटीमा नवनियुक्त्रहरुको नामावली
१) राम बहादुर बुढा (बादल) अध्यक्ष
२) हिमाल पुन उपाध्यक्ष
३) बिर्ख ब. राना सचिव
४) अमृता घर्ति उप-सचिव
५) विजन कुमार बुढा उप-सचिव