२ असोज,
बाँके : प्रधानमन्त्री सुशीला कार्कीले आज बिहीबार विश्वका तीन शक्तिशाली देशका प्रतिनिधिसँग छलफल गरेकी छन् । कार्कीले भारतीय समकक्षी नरेन्द्र मोदी, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनसँग छुट्टाछुट्टै छलफल गरेकी हुन् ।

भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री कार्कीले आफू नेतृत्वको सरकारको घोषित मितिमा निर्वाचन गराउनु उच्च प्राथमिकतामा रहेको बताएकी छन् ।

मोदीसँगको टेलिफोन वार्तापछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, प्रधानमन्त्री कार्कीले जेन–जी प्रदर्शनकारीको मागलाई सम्बोधन गर्दै वर्तमान सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई उच्च प्राथमिकतामा राखेको बताइन् । साथै मोदीले कार्कीलाई सफल कार्यकालको शुभकामनासहित नेपालको राष्ट्रिय दिवस (संविधान दिवस)का अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

बिहीबार नै प्रधानमन्त्री कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत सोङले नेपाली जनताले रोजेको राजनीतिक र विकासको बाटोलाई चीनले सम्मान गर्ने बताएका छन् ।

प्रधानमन्त्री कार्कीको भेटवार्तापछि परराष्ट्र मन्त्रालयका अनुसार नेपाल–चीनबीच दुईपक्षीय सम्बन्ध ऐतिहासिक एवं घनिष्ट रहेको र एक चीन नीतिप्रति नेपाल सदैव प्रतिबद्ध रहेको बताइन् ।

सो अवसरमा प्रधानमनन्त्रीले कार्कीले आगामी दिनमा व्यापार, लगानी, सम्पर्क सञ्जाल, कृषि, ऊर्जा, पर्यटन, प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा चीनबाट प्राप्त सहयोगले निरन्तरता पाउने विश्वास गरिएको छ ।

नेपालका लागि चिनियाँ राजदूत सोङले चीन सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै चीन–नेपालबीच भएका सम्झौता, सहयोग र सहकार्यले निरन्तर पाउने स्पष्ट गर्दै उनीले दुवै देश र जनताका हितमा काम गर्न चीन सदैव तयार रहेको बताएकि छन् ।

यसैगरी, बिहीबार नै प्रधानमन्त्री कार्कीसँग नेपालका लागि अमेरिकी रादूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा उनीहरुबीच आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय