
१६ माघ,
बाँके : बर्दियाको बाँसगढी नगरपालिका-७, डेउढाकलामा बस्ने ६५ वर्षीय शालिकराम अहिर सदियौंदेखि भोगचलन गर्दै आएको पुर्ख्यौली जग्गा सँधियारले मिचेपछि न्याय पाउने आसमा महीनैपिच्छे तारेख लिन बर्दियादेखि काठमाडौंसम्म साइकल चढेर आउजाउ गर्ने गरेका छन्।
केहि हिस्सा जस्ताको त्यस्तै: “एक जना अनौठो मानिस यहाँ आउनुभएको छ। आइहाल्नोस्। तपाईं आउने भए एकैछिन रोकेर राख्छौं,” सर्वोच्च अदालतका शाखा अधिकृत युवाचन्द्र घिमिरे यस्तो सूचना पाएपछि तुरुन्तै रामशाहपथ पुगेका थिए।



सेताम्मे फुलेका दारी। चाउरिएको अनुहार। पातलो ब्ल्यांकेट ओढेका एक वृद्ध सर्वोच्च अदालतको आँगनको पेटीमा बसिरहेका थिए। माघको ठिही। गोडामा प्लास्टिकको जुत्ता थियो। तर मोजा थिएन। उहाँको पुरा कथा-व्यथा ‘हिमाल खबर’ मा रहेको छ। अथवा यहाँ Click गरेर हेर्नुस्।