४ कात्तिक,
काठमाडौं : सामलिङ पावर कम्पनीले आज कात्तिक ४ गते बिहीबार देखि ७ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गरेको छ ।

कम्पनीले ७ लाख ३० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । कम्पनीले ७ लाख ३० हजार आईपिओ प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ७ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।

जसमध्ये २% अर्थात् १४ हजार ६ सय कित्ता कर्मचारी र ५% अर्थात् ३६ हजार ५ सय कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा लगानीकर्ताले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्नेछन्।

यसअवधिमा सबै आइपीओ बिक्री नभएमा कात्तिक १८ गतेसम्म आइपीओ खुला हुने कम्पनीले जनाएको छ । यसमा लागानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

सामलिङ पावरको आइपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्राएनपी डबल बी माइनस रेटिङ्ग दिएको छ । यस कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको बताएको छ । यस कम्पनीको आइपीओ बिक्री प्रबन्धक काम (नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले गर्नेछ) भएको छ ।

यो कम्पनीको आईपिओ लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय