१७ कात्तिक, काठमाडौँ । श्रम स्वीकृति लिएर विदेश गएकाहरूले आवेदन गरे आईपीओमा १० प्रतिशत आरक्षण पाउने भएका छन् ।

बिहीबार नेपाल धितोपत्र बोर्डले ुधितोपत्र निष्काशन तथा बाँडफाँट (छैटौँ संशोधन) निर्देशिका २०७९ जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो।

वैदेशिक रोजगारीका शिलशिलामा विदेश गएका नेपालीले अबदेखि आवेदन गरे उनीहरुका लागि १० प्रतिशत सेयर बाँडफाँट गरिने भएको छ । तर त्यसका लागि बिक्री प्रबन्धकले श्रम स्वीकृति लिएर विदेश गएकाहरूका लागि सर्वसाधारणका लागि सेयर निष्काशन गर्नभन्दा कम्तीमा १५ दिन अघि नै आवेदन आह्वान गर्नुपर्नेछ।

निर्देशिकामा सेयर आवेदकसँग रेमिट्यान्स बचत खाता हुनुपर्ने व्यवस्था गरिएको छ। उक्त खातामा पछिल्लो ६ महिनामा कम्तीमा पनि ५० हजार जम्मा गरेको हुनुपर्ने व्यवस्था उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय