२५ भदौ,
तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँट भएको छ। यस कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।

कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो। जसमध्ये ७४ हजार ४०० जनालाई १० कित्ताका दरले शेयर पारेका छन् भने बाकी सबैको हात खालि भएको छ।

यस कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो।

कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ आवेदकले कुल २ करोड ७८ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २३ लाख ४६ हजार ६२७ आवेदकको आवेदन स्वीकृत भएको छ भने ८ हजार ८२० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

तेह्रथुम पावर कम्पनी लिमिटेडको नतिजा https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय