१८ भदौ,
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धा मार्फत् अधिवेशनमा सहभागी हुन अनुरोध गरेका छन्।

आज सुरु हुने पार्टीको वडा अधिवेशनको अवसरमा शुभकामना दिँदै उनले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र संगठनको जग मजबुत बनाउन कार्यकर्तालाई आग्रह गरेका छन्।

देउवाले महाधिवेशनमा औपचारिक रुपमा सुरु भएकोमा आफूलाई खुसी लागेकाे बताएका छन्। देउवाले भनेका छन्, ‘आज म निकै खुसी छु ८ लाखभन्दा बढी क्रियाशील सदस्य भएको कांग्रेसको आजदेखि १४औं महाधिवेशनको औपचारिक सुरुवात भएको छ। संवैधानिक बाध्यताअनुसार कोरोना महामारीबीच महाधिवेशन गर्नु परेको छ। सामाजिक दूरी कायम गरी कार्यक्रम गर्न अनुरोध गर्दछु ।

कांग्रेसको विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै काँधमा आएको उनले बताए ।

सन्देश भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय