२२ भदौ,
बाँके : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण चीनमा फसेका नेपालीहरू क्रमशः नेपाल फर्किरहेका छन्। भदौ २१ गते हिजोसम्म तातोपानी नाकाबाट ५३६ नेपाली फर्किएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

दिनप्रतिदिन ५० देखि १०० जना नेपाली फर्किरहेको साथै आज मात्रै १०६ जना नेपाल फर्किने क्रममा रहेको मन्त्रालयले जानकारी दिएको छ। बाढीबाट प्रभावित भई नेपाल फर्कन चाहने नेपाली नागरिकहरूको सुरक्षित फिर्तीका लागि मन्त्रालयले चिनियाँ अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ।

हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकसहित १३ हजार ३९६ जनाको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। पछिल्लो चार दिनमा चार जनाको जीवितै उद्धार गरिएको छ। माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जना नेपाली, त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ नागरिक र बेत्रावतीको एक घरबाट एक नेपाली नागरिकको जीवितै उद्धार गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय