५ जेष्ठ,
बुटवल : चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा लुम्बिनी प्रदेश सरकारले कुल बजेटको ३९.९१ प्रतिशत मात्रै खर्च गरेको छ । प्रदेश सरकारले ३८ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेकामा वैशाख मसान्तसम्म १३ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।



प्रदेश सरकारको पुँजीगत खर्चको अवस्था अझ कमजोर देखिएको छ । मन्त्रालयगत रूपमा स्वास्थ्य मन्त्रालयले सबैभन्दा बढी ५८.२३ प्रतिशत बजेट खर्च गर्दा भौतिक पूर्वाधार विकास मन्त्रालयले ४३.२८ प्रतिशत खर्च गरेको छ ।
यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सबैभन्दा कम ११.२४ प्रतिशत मात्रै बजेट खर्च गरेको छ भने युवा तथा खेलकुद मन्त्रालयको खर्च १६.३४ प्रतिशतमा सीमित रहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आर्थिक मामिला मन्त्रालयको खर्चसमेत ३० प्रतिशतभन्दा तल रहेको छ ।












