२० चैत,
बाँके : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्नेहरूको नाम तथा विवरण सार्वजनिक गरेको छ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक कुमार साहको निर्देशन अनुसार विभागले व्यक्तिगत रूपमा ठगी गर्नेहरूको विवरण सार्वजनिक गरेको हो ।
विभागले सार्वजिक गरेको सूची अनुसार २०८२ फागुन १७ गतेदेखि २०८२ चैत १७ गतेसम्म १ महिनाको अवधिमा ठगी गर्ने ३४६ भन्दा बढीको नाम सार्वजनिक गरिएको हो। विभागले अवदेखि हरेक ३/३ दिनमा दर्ता भएका मुद्दाको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने जनाएको छ ।



सार्वजनिक गरिएका व्यक्तिहरुको विवरण हेर्नुस् :– यो लिंक खोलेर हेर्नुस्












