११ कात्तिक,
बाँके : बाँकेमा किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएको पाइएको छ। नेपालगञ्जस्थित केन्द्रीय कृषि प्रयोगशाला एकाइमा नमुना परीक्षण गर्दा १० किसिमका तरकारीमा विषादीको मात्रा अत्यधिक फेला परेको प्रयोगशालाका प्राविधिकले जानकारी दिएका छन्।
प्रयोगशालाका अनुसार कैफियत पाइएका तरकारी बाँके जिल्लाकै उत्पादन हुन्। दश वटामध्ये नौ वटा रायो, माटे र सम्धिनी लगायत सागमा कैफियत पाइएको जनाउँदै एउटा बोडीको नमुनामा विषादीको मात्रा फेला परेको हो। चैतमा तीन, वैशाखमा पाँच, जेठमा एक र असारमा एउटा नमुनामा कैफियत देखिएको थियो।



उक्त प्रयोगशालामा भारतबाट आयातीत ४१३, सल्यानका २७३, बाँकेका ९६२, चितवनका ७९, सुर्खेतका १२, जुम्लाका एक, बर्दियाका ५३, रोल्पाका ११, दैलेखका दुई, रुपन्देहीका एक र दाङका ७६ नमुना परीक्षण गरिएको प्रयोगशालाका प्राविधिकले जानकारी दिए। पुरा समाचार थाहाखाबर मा हेर्नुस।












