५ कात्तिक,
बाँके : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुधबार सामाजिक सञ्जालमा स्टाटस लेखेर आफुलाई ‘लुसिफर’ भनिएकोप्रति आक्रोश पोखेका छन् । उनले आफूलाई आरोप लगाउनेहरू नै लुसिफर रहेको टिप्पणी गरेका छन् ।

मेयर शाह भन्छन: “आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बालबच्चालाई दिन्छौ, चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?” भन्दै प्रश्न गरेका छन्।

उनले तुइन र काठको पुल बनाउने नेताहरुले देश विदेशीले बिगारेको आरोप लगाउनेहरु र अरुलाई ‘विदेशी एजेन्ट’ भनेर आरोप लगाउनेहरुप्रति पनि कडा कटाक्ष गरेका छन् ।

उनले लेखेका छन्, ‘तुइन र काठको पूल बनाउने नेताहरु भन्छन्, यो देश विदेशीले बिगार्यो, भिसा पाउनलाई तिमीहरुको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ !’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय