९ असोज,
बाँके : भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा आगजनी भएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको घरमा भेटिएका पैसाका बारेमा ‘सिधाकुरा’ ले गरेको भिडिओ हटाउन भन्दै सिधाकुराको मेसेन्जरमा ‘सानू भाइ’ नामक फेसबुक प्रयोगकर्ताले धम्कीपूर्ण मेसेज पठाएका हुन् ।

उक्त मेसेजमा अपशब्द प्रयोग गर्दै “दुई दिन भित्र मार्छु”, “आफ्नो सुरक्षा खोज्नुपर्छ भने खोज” लगायतका धम्की दिइएको छ ।

देउवाको घरमा एक हजार र पाँच सय रुपैयाँका कयौँ नोटहरू तथा अमेरिकी डलर भेटिएको कुरा उक्त स्थलगत रिपोर्टिङपछि तयार पारिएको भिडिओमा देखाइएको छ। उक्त भिडिओको रिपोर्टिङ सिधाकुराका कार्यकारी सम्पादक नवीन ढुङ्गानाले गरेका हुन् ।

ढुङ्गानाका अनुसार, भिडिओ हटाउने धम्की आज बिहान (९ असोज) आएको बताए । धम्कीपूर्ण मेसेज विरुद्ध प्रहरीको साइबर ब्युरो र नेपाल पत्रकार महासङ्घमा निवेदन दिने तयारीमा रहेको बताए ।

तल हेर्नुहोस् ‘सानु भाइ’ नामका प्रयोगकर्ताले सिधाकुरालाई पठाएका धम्कीपूर्ण मेसेजहरु:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय