२१ साउन,
सप्तरी: सप्तरीमा मदिरा नियन्त्रण गर्ने क्रममा गएराति प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजगड गाउँपालिका वडा नम्बर–२ निवासी लालु यादवको रहेको मधेस प्रदेश प्रहरीले जनाएको छ ।



प्रहरीका अनुसार नेपाल-भारत सीमा नजिकबाट भारी मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचना आएपछि, सोही सूचना बमोजिम सर्च अप्रेसन चलाउँदा तस्कर र प्रहरीबिच झडप हुदा प्रहरीले चलाएको गोलीबाट यादवको मृत्यु भएको मधेस प्रदेश प्रहरीको भनाइ छ ।
उनीहरुले प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा प्रहार गर्न थालेपछि आत्म रक्षाको लागि प्रहरीले ७ राउन्ड गोली चलाएको चतुर्वेदी बताउँछन् । जस क्रममा यादवको तिघ्रामा गोली लागि घाइते भएका थिए।
अस्पतालमा उपचारको लागि लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।












