१२ साउन,
प्राबिधिक तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) परिक्षा नियन्त्रण कार्यलयबाट संचालन गरिने डिप्लोमा नि:शुल्क छात्रवृत्तिकोलागि आवेदन खुला गरेको छ।
शैक्षिक शत्र २०७९/८० को लागि डिप्लोमा तह तथा प्रमाणपत्र तहको बर्गिकृत (नि:शुल्क) छात्रवृत्ति कोटामा प्रवेश परिक्षाकोलागी आवेदन फारम खुलेको हो।



सिटिइभिटी जारी गरेको भर्ना एबं छात्रवृत्ति निर्देशिका २०७९ बमोजिम परिषद बाट संचालन सम्बन्ध स्वीकृत प्राप्ता आंगिक, साझेदारी, टेक्स तथा निजि शिक्षालय हरुमा निर्धारण गरिएको बर्गिकृत छात्रवृत्ति कोटामा भर्नाका लागि (प्रमाणपत्र तह नर्सिङ बाहेक) २०७९ साउन १५ गते देखि २९ गते राति १२ बजे सम्म आवेदन फारम भर्न सकिने जनाएको छ। फारम अनलाइन माध्यम बाट भर्नुपर्ने छ। प्रवेश परीक्षा २०७९ भदौ ३ गते बिहान ८ बजे देखी संचालन हुने छ। परिक्षा केन्द्र आवेदकले फारम भर्दा रोजेको जिल्ला मै हुनेछ।
बिस्तृत जानकारिको लागि यो सूचना हेर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
















