२० चैत,
सुर्खेत : सुर्खेतको छिन्चुमा फोर्स गाडीको ठक्करबाट ट्राफिक प्रहरी जवान यज्ञबहादुर ढकाल घाईते भएका छन् । रत्नराजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका–५ छिन्चुमा कोहलपुरदेखि छिन्चुतर्फ जाँदै गरेको भे. १ ज १०८६ नंं. को फोर्स गाडिले ढकाललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, फोर्सको गाडि ब्रेक फेल भई अनियन्त्रित भएर ट्राफिक चेकिङमा रहेका ढकाललाई ठक्कर दिएको हो । उक्त ठक्करबाट ढकालको कम्मरमा चोट लागेको छ, भने उनको स्थानीय भेरीगंगा पोलिक्लिनिकमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ढकाल इलाका प्रहरी कार्यालय छिन्चुमा कार्यरत छन् । फोर्सको गाडी र चालक राजेश सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय