२ वैशाख,
बाँके : बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या करिव ८ सय रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, खोपको मात्रा पूरा नगर्ने सबैभन्दा बढी मुस्लिम समुदायका मात्रै ३५४ जना बालबालिकाले रहेका छन् । भने १८९ मधेसी समुदायका, १२८ दलित समुदायका, ५७ जनजाति र बाँकी अन्य समुदायका रहेका छन् । खोपको मात्रा पूरा नभएकाको सङ्ख्या ठुलो भएकाले वैशाख महिनाभर खोजी गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।















