२२ चैत,
बाँके : बाँकेको नौवस्ता कारागारबाट फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेर कारागार बुझाएको छ।
पक्राउ हुनेमा, कोहलपुर नगरपालिका १२ नम्बर वडा स्थित चप्परगौडिका २१ वर्षीय ज्ञानेन्द्र टमटा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।



प्रहरीका अनुसार, भदौ २३ र २४ को जेन्जी प्रदशर्नको समयमा फरार भएका थिए। ज्ञानेद्रलाई लागु औषत मुद्दामा ६ वर्ष ६ महिना कैद सजाए सुनाएको छ।












