७ कात्तिक,
बाँके : दाङमा तिहारको टिका लगाएर फर्किँदै गर्दा बसको ठक्करबाट एक जनाकाे मृत्यु भएको छ।

मृत्यु हुनेमा, दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ५ सिंगे निवासी करिब ६५ वर्षीय राम प्रसाद भट्टराई रहेको प्रहरीले जनाएको छ। भट्टराई दिदीको हातबाट तिहारको टिका लगाएर फर्किँदै गर्दा देउखुरीमा बसको ठक्करबाट मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-५ लमही बजार प्रतिष्ठा पेट्रोल पम्प नजिकै लु१ख ९८७६ नम्बरको बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भट्टराईको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय