४ कात्तिक,
बाँके : बाँकेमा व्यावसायिक पुष्पखेती घट्दै गएपछि फूलको अभाव भएको छ । भारतबाट आउने अवैध प्लास्टिकजन्य फूलमाला र अन्य फूलका कारण बाँकेमा पुष्प व्यवसायी क्रमशः विस्थापित हुँदै गएका हुन् ।

केही वर्ष अघिसम्म दर्जनौँको सङ्ख्यामा व्यावसायिक फूलखेती गरिरहेका यहाँका उद्यमी पछिल्ला वर्षदेखि विस्तारै विस्थापित हुँदै गएको स्थानिय व्यावासायिकले जानकारी दिएका छन्।

‘भारतबाट बिनाभन्सार, बिनाक्वारेन्टाइन र बिनाजाँच लुकीचोरी ल्याएका विभिन्न किसिमका फूलमाला नेपालगञ्जमा आउँछन्। र सस्तोमा बिक्री हुन्छ। बाँकेका स्थानिय व्यावासायिक वर्षभरि दुःख गरेर उत्पादन गरेको तर अन्तिममा राम्रो मूल्य नै नपाएको गुनासो गरेका छन्। वर्षभरि दुःख मेहेनत गरेर उत्पादन गरेको फूलले बजार नपाउँदा विस्तारै पुष्प व्यवसायीहरू यो पेशाबाट विस्थापित हुँदै गएका छन्।

बाँकेमा पुष्प व्यवसाय घटेपछि यतिबेला नेपालगञ्जमा फूलको अभाव देखिएको छ । प्रतिकेजी रु पाँच सय देखि रु आठ सय महँगो दरमा बिक्री गर्ने गरेको नेपालगञ्ज–२१ की उपभोक्ता सृजना थापाले बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय