३० साउन, 

बाँके : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ मा प्रहरीले गोली चलाउदा एक जना घाइतेसहित ४ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा नेपागञ्ज उपमहानगरपालिका-५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रुपैडिया थानाका २० वर्षीय अजयकुमार र २० वर्षीय कार्त्तिककुमार रहेका छन् ।

नेपालगन्ज लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयको टोलीले शंका लागेर खानतलासी गर्ने क्रममा प्रहरीमाथि नै इँटा प्रहार गरेपछि गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ । इँटा प्रहारबाट एकजना प्रहरी समेत घाइते भएका छन् ।

प्रहरीले चलाएको गोली लागेर कार्त्तिककुमार घाइते भएका छन् । उनको दायाँ खुट्टाम गोली लागेको छ । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूको साथबाट २६५ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय