१२ वैशाख,
बाँके : मलेसिया सरकारले नेपालीको लागि विगत लामो समयदेखि बन्द गरेको रोजगारी पुनः खुल्ला गरेको छ ।

नेपाली राजदूतावास मलेसियाका अनुसार, मलेसियामा अहिले सेवा क्षेत्र “सर्भिस सेक्टर”, कृषि “एग्रिकल्चर”, वृक्षारोपण “प्लांटेशन” र निर्माण क्षेत्र “कन्स्ट्रक्सन” गरि ४ वटा क्षेत्रमा नेपालीको लागि रोजगारी खुलेको जानकारी दिएको छ ।

मलेसिया सरकारले अहिले विभिन्न क्षेत्रमा बजारमा देखिएको आवश्यकता र माग अनुसार नेपाली कामदार भर्ना प्रक्रिया कोटा खुला गरेको हो ।

नेपाली राजदूतावासले मागप्रत्र प्रमाणीकरणको काम पनि सुरु गरिसकेको छ । रोजगारीको सिलसिलामा मलेसियामा अहिले पनि करिबकरिब ४ लाखको हाराहारीमा नेपालीहरु विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय