
१९ चैत,
बाँके : युट्युब च्यानल गुड टिभीकी सञ्चालिका गंगा लामालाई प्रहरीले पक्राउ गरेको छ । लामालाई काठमाडौँको पुतलीसडकबाट पक्राउ गरेर हिरासतमा राखिएको साइबर ब्यूरो स्रोतले जनाएको छ ।
साइबर ब्युरोका अनुसार, उनले केहीदिनअघि ‘बुवा र छोरी रंगेहात भेटिएपछि’ भन्ने सामग्री प्रशारण गरेकी थिइन् ।



मोरङको मिक्लाजुङ गाउँपालिका–६ घर भएर काठमाडौं बस्ने लामालाई प्रहरीले विद्युीत्तय अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतबाट पक्राउ अनुमति लिएको थियो ।