१५ चैत,
बाँके : काठमाडौंमा आज राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईं नेतृत्वमा तीनकुने क्षेत्रमा व्यक्तिको घरमा आगजनी हुँदा एक जना पत्रकारको मृत्यु भएको छ।

मृत्युु हुनेमा, एभिन्युज टेलिभिजनका भिडिओ पत्रकार सुरेश रजकको मृत्युु भएको नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यले जानकारी दिएका छन् ।

डिआइजी दिनेशका अनुसार, तीनकुनेस्थित आगलागी भएको घरमा चौथो तलामा जलेको अवस्थामा एक जनाको शव फेला परेको बताए । उक्त शवलाई सनाखत गर्दा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक रहेको पुष्ठि भएको हो । उनले आगलागी भएको घरमा भिडिओ खिच्दै थिए।

पत्रकार सुरेशले धेरै समयसम्म सुरक्षाकर्मिहरुलाई हारगुहार मागेका थिए, तर कसैले पनि बचाउन नचाएको आरोप लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय