
१३ चैत,
बाँके : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब लोडसेडिङ नहुने बताएका छन्।
आफूले यसअघि प्राधिकरणको नेतृत्व सम्हाले पनि काम गर्न नपाएको र धेरै अधुरो काम रहेको भन्दै उनले अब ती योजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।



उनले आफूलाई त्यतिखेर नहटाएको भए अहिलेको समस्या नै नआउने तर्क गरे। ‘मैले चार वर्षका लागि नियुक्ति पाएको थिएँ तर साढे ३ वर्ष त कामै गर्न पाइनँ। अदालतले पनि समयमै निर्णय गरेन’‚ शाक्यले भने।
शाक्यले सर्वसाधारण उपभोक्तालाई लोडसेडिङ नहुने समेत बताए। उद्योगमा भइरहेको लोडसेडिङको समय पनि घटाउन आफूले प्रयास गर्ने बताए।