६ चैत,
बाँके : बाँकेको कोहलपुरमा रहेको एक होटलमा संचालक बाथरुम कोठामा झुन्डिएर आत्महत्या गरेको अबस्थामा फेला परेका छन् ।

मृत्यु हुनेमा, पुरानो बसपार्कस्थित लक्ष्मी दङ्गाली होटलका संचालक ४३ वर्षिय दल बहादुर बुढा रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार, मृतक बुढा केही महिना अघि भारतबाट फर्किएर श्रीमती र छोरीसँगै बस्दै आएका थिए तर उनको श्रीमतीसँग राम्रो सम्बन्ध नरहेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा मृतकका परिवारजनले यो आत्महत्या नभई हत्या हुन सक्ने आशंका व्यक्त गर्दै घटनाको न्यायपूर्ण अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। साथै प्रहरीको प्रारम्भिक अनुसन्धानपछि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, भेरी नेपालगन्ज पठाइएको छ।

(बाँकी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ 🙂

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय