
५ चैत,
बाँके : पुल्चोक इन्जिनियरिङ कलेजको स्ववियु निर्वाचनमा अध्यक्ष पद स्वतन्त्र उम्मेदवारले जितेका छन्।
स्वतन्त्र उम्मेदवार स्वयम श्रेष्ठले एक हजार २ मत पाएर जित हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका रसिक लम्सालले ७१० मत पाए।
त्यस्तै सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटाले १०६४ मत पाउँदै जित हासिल गरेका छन्।
कोषाध्यक्षमा अनेरास्ववियुका अल्बर्ट ढकाल निर्वाचित भएका छन्। उनले १०४२ मत पाए।



यसअघि पुल्चोक इन्जिनियरिङ कलेजमा अखिलले जितेको थियो।